पानीमा भिज्दै नेविसंघको प्रदर्शन: गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग (फोटो)

काठमाडौँ / दिनभरजसो  उपत्यकामा पानी परिरहेको थियो । काठमाडौँमा  विपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका थिए ।

नेपाल कानून क्याम्पसबाट निकालिएको जुलुसमा उनीहरूले गृहमन्त्री सहकारी ठगी र अर्थमन्त्री सुन तस्करीमा संलग्न रहेको भन्दै राजीनामा र छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरू सुनको प्रतिमा बनाई नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।

Advertisement:

(फोटो फिचर)

प्रतिक्रिया दिनुहोस् :