शक्तिमा पहुँच कमजोर हुँदा कान्तीले उपचारका लागि बेड नदिएपछि…

रातको १:४० बज्यो ! म कान्ति बालअस्पतालमा छु।

११:४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो । र ,यहाँ ल्याएको यहाँ कसैले हेरिदिएन । हामी अप्ठ्यारोमा पर्यो । मैले उहाँको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहाँकाकै फेरि फोन आयो । उहाँले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ ।

Advertisement:

तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिएका कारण बिरामी झन पछि झन नाजुक बनेको देखे । अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर छाडेपछि बिरामीको अवस्था झन नाजुक भएको देखे ।
मैले पनि त्यहाँका रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे ।

तर, उनिहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो । सोही बेड छटपटाईरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे । मेरो ठाउँबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमापहुँच कमजोर हुँदा कान्तीले उपचारका लागि बेड नदिएपछि अहिले बिरामीलाई त्यहाँबाट निकालेर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुँच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौं

(सामाजिक संजालबाट साभार- राजु सुवेदी)

kanti-hospital

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application