प्रमुख प्रशासकीय अधिकृत सरकारी निवासमा आगजनी गरेको आरोपमा पक्राउ

agjani-darchula-marma-rural-municipality

तातोखबर / दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा ढुंगामुढा र आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई पक्राउ गरेको हो ।

Advertisement:agjani-darchula-marma-rural-municipality

गत फागुन २५ गते मध्यराति प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको भनिएता पनि अनुसन्धानका क्रममा उनले नै  आगो लगाएको देखिएकाले  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाले पनि अधिकृतविरूद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application