सहकारी ठगी प्रकरणमा हालसम्मको अनुसन्धानले रवि लामिछानेको संलग्नता नदेखिएको : प्रधानमन्त्री प्रचण्ड

prachanda-primeminister-politics- tatokhabar

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा भइरहेको हालसम्मको अनुसन्धानले कहीँकतै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखाएको भन्दै बचाउ गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलहरूले पटकपटक संसद्‌मा उठाएको प्रश्न जवाफ मंगलबार दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘हालसम्मको अनुसन्धानले कहीँकतै उहाँ (रवि लामिछाने) सहकारी ठगी प्रकरणमा जोडिएको देखाएको छैन’, उनले भने, ‘सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको उजुरीमा सहकारीको रकम हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण पनि पेश भएको छैन।’

Advertisement:prachanda-primeminister-politics- tatokhabar

रास्वपा सरकारमा सहभागी हुनुपहिले नै प्रहरीले रवि अनुसन्धानको दायरामा नरहेको  कुरा स्पष्ट पारिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले कांग्रेसले यो विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गरेको टिप्पणी गरे।

उनले भने, ‘रविजीको पार्टी सरकारमा सहभागी भएपछि यो विषयलाई संसद्को कामकारबाही प्रभावित हुने गरी उठाउनु जायज होइन। यो कुरा कांग्रेसले बुझ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application