१५ हजार नगद छुटका साथै थुप्रै सुविधासहित लुयानले ल्यायो होली अफर

काठमाडौं, ५ चैत्र / १५ हजार रुपैया नगद छुटका साथै अरु थुपै्र सुविधासहित लुयान इलेक्ट्रिक स्कुटरले आफ्ना ग्राहकहरुका लागि होली अफर ल्याएको छ । उल्लासमय पर्व होलीको उपलक्ष्यमा कम्पनीले नगद छुटका साथै अन्य सुविधासहितको होली अफर सञ्चालन गरेको हो ।

नेपालमा लुृयान स्कूटरको वितरक कम्पनी ‘जिरो इमिशन राईड (एन) कम्पनीद्वारा होली अफरअन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुट पाउनुका साथै केहि एक्सेसरिजहरु निशुल्क रुपमा पाउने जनाईएको छ ।

Advertisement:

उक्त अफरमा नगदका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनुका साथै लुयान स्कुटर खरिद गर्ने ग्राहकले सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउन सक्ने जानकारीमा उल्लेख गरिएको छ । त्यसैगरी कम्पनीले एक्सचेन्ज तथा फाइनान्सको समेत सुविधा रहेको जनाएको छ ।

कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड शंकर शर्माले जनाइएअनुसार कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने व्यवस्था समेत रहेको छ । यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत कम्पनीका अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटरभन्दा बढी हुने कम्पनीको दावी रहेको छ । यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको र टायर पन्चर भएर त्यसमा हावा सकिदा पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा समेत रिम र टायरमा असर नपर्ने जानकारीमा उल्लेख गरिएको छ ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंङ्क्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको देखिएको छ । लुयान इलेक्ट्रिक स्कुटरको नेपालकोे आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाए अनुसार नेपालमा भएका इलेक्टिक स्कुटर मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर लुयानको रहेको छ । यसका काठमाण्डौं उपत्यकामा मात्र ७ वटा स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :