बाँसबारीको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको : विनोद चौधरी

binod-chaudhari

तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले निजीकरणसम्बन्धी तत्कालीन कानून बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन्।

सोमवारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै सांसद चौधरीले उक्त सम्पत्तिसँग आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

Advertisement:binod-chaudhari

उनले प्रजातन्त्रको पुनस्थापनापछि तत्कालीन सरकारले खुला बजार अर्थतन्त्र, निजीकरण र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका सँस्थानहरूको निजीकरण प्रक्रिया शुरू गरेको बताए ।

उनले नितान्त आर्थिक विषय राजनीतिक विषय बन्नु आफैँमा दुःख लाग्लो विषय भएको बताउँदै सरकार आफैँले चलाइरहेका उद्योगहरूको सञ्चालनमा बेहोर्नुपरेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इट्टा टायल कारखानालाई निजीकरण गर्ने निर्णय भएको बताए ।

उनले बाँसबारी छालाजुत्ता कारखानासँगै च्याम्पियन, फुटवेयरमा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयरसमेत लिलामीमार्फत बिक्री गर्ने तत्कालीन सरकारको निर्णयानुसार लिलामीको दोस्रो सूचनामा उत्कृष्ट प्रस्ताव पेश गर्ने प्रचलित निजीकरणसम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको दावी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :