महालक्ष्मी विकास बैंकको नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता सम्बन्धी कार्यशाला सम्पन्न

mahalaxmi-devlopment-bankl

तातोखबर, काठमाडौं / महालक्ष्मी विकास बैंकले ‘नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता’ सम्बन्धी दुईदिने कार्यक्रम गरेको छ।

बैंकले हालै चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न गरेको हो।

Advertisement:mahalaxmi-devlopment-bankl

गोष्ठीमा अर्थतन्त्रमा देखिएको मन्दीबीच आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको बैंकले जनाएको छ। यो अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीको सामूहिक प्रयत्न आवश्यक रहने निष्कर्ष निकालिएको छ।

कर्मचारीको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्त्वपूर्ण आधारशीला हुन् भन्ने मान्यताका साथ गोष्ठीमा व्यावहारिक अभ्याससमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application