चालु आर्थिक वर्षमा रोजगारीका लागि विदेशिए झन्डै पाँच लाख नेपाली

तातोखबर, काठमाडौं / चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पौने पाँच लाख पुगेको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो।
सोमबारको गोरखापत्र दैनिकमा समाचार रहेको छ, यो सङ्ख्या गत आर्थिक वर्षको सो अवधिभन्दा १३ प्रतिशतले कम हो। सो अवधिमा पाँच लाख ४० हजार ६०० नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि विदेशिएका थिए। चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्।
युएई पहिलो श्रम गन्तव्य
यो वर्ष नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (यूएई) भएको छ। यूएईका लागि एक लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य रहेको यूएई यो वर्ष भने शुरुदेखि नै पहिलोमा पर्दै आएको छ।
अघिल्लो वर्ष चौथो श्रम गन्तव्य रहेको कतार यस पटक दोस्रो स्थानमा छ। यो अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन्। यस्तै तेस्रो र चौथो श्रम गन्तव्य देशमा क्रमशः साउदी अरब र मलेसिया छन्। साउदी अरब जान ९१ हजार ९२९ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि नौ हजार ५५२ जनाले लिएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस