जलवायु परिवर्तनलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

Mahaprasad-adhikari-educational-certificate-case

तातोखबर, काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन्।

राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई सो कुरामा सचेत गराएका हुन्।

Advertisement:Mahaprasad-adhikari-educational-certificate-case

गभर्नर अधिकारीले त्यत्रो लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृष्टान्त पेश गर्दै जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी त्यसमा लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भने मनन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई सचेत गराएका छन् ।

उनले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्रबैंक र नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख पनि गरे। उनले बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सबल ढंगले अघि बढाउन सकिने पनि बताए।

गभर्नर अधिकारीले भने, ‘इन्भारमेन्टल र सोसियलसँग गाँसिएका रिस्क अझै जबरजस्त छन्। प्रत्यक्ष उदाहरण छ- मेलम्ची। त्यत्रो लगानी गरेर हामीले बनायौँ। एउटा बाढीले सखाप पारिदियो। एउटा बैंकको लगानी त्यहाँ हुँदो हो, बैंकको अवस्था के हुन्थ्यो ? त्यसले कति नोक्सान हुन्थ्यो ? त्यसले बैंक, वित्तीय संस्थाले आफूले लगानी गर्दा इन्भारमेन्टल रिलेटेड रिस्क ख्याल गर्नुपर्छ। राष्ट्रबैंकले २०१८ मै निर्देशन पनि जारी गरेको छ। लगानी गर्दा क्लाइमेटसँग रिलेटेड रिस्कलाई ख्याल गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा हामी दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहनेछौँ, हुनेछौँ। हाम्रो आन्तरिक व्यवस्थापनमा पनि जोखिम नियन्त्रणका लागि त्यत्तिकै सबल हुनेछौँ।’

गभर्नर अधिकारीले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्रबैंकले निर्देशन दिने काम गरिरहेको पनि स्मरण गराए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application