गृहमन्त्री रवि लामिछानेलाई हटाउने चलखेल सुरु
तातोखबर, काठमाडौं / गृहमन्त्री रवि लामिछानेलाई हटाउने चलखेल सुरु भएको छ । भर्खरै गृहमन्त्री भएका लामिछानेलाई सांसदहरुले सहकारी प्रकरण लाई देखाएर राजिनामाको माग गरेका छन् ।
प्रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दैनेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले लामिछानेमाथि सहकारी प्रकरण जोडिएको भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका हुन्।
सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए। अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उनले प्रश्न गरे। पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाइ छ।
‘मेरा मित्र रवि लामिछाने स्वंय सहकारी प्रकरणमा जोडिनुभएको छ। उहाँ आफैँ गृहमन्त्री भएपछि अनुसन्धान कसरी हुन्छ? त्यसै लामिछानेले राजीनामा दिएर नैतिकता देखाउनुस’, उनले भने। अन्य सांसदहरुले पनि यस बिषयमा आफ्नो भनाइहरु राखेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

