सुन तस्करी प्रतिवेदन: ठुला माछालाई धमाधम कारवाहीको सिफारिस
तातोखबर, काठमाडौँ / सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुनको अवैध तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ ।
आयोगले महरा सहित थुप्रैलाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको हो ।
पूर्वसभामुख महराका छोरा राहुल भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।
सीआईबी प्रमुख किरण बज्राचार्यले उच्चपदस्थहरूलाई कारबाहीबाट उन्मुक्तिका लागि प्रमाण लुकाउन सहयोगी भूमिका खेलेको भन्दै विभागीय कारबाही सिफारिस भएको हो ।
राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई पनि आयोगले कारबाहीका लगि सिफारिस गरेको छ ।
तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँगको सम्बन्धका आधारमा अधिकारीलाई कारबाही सिफारिस भएको हो ।
सोहि प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक सहित ३ जनालाई विभागीय कारबाहीको लागि सिफारिस गरिएको छ ।
सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

