राष्ट्र बैंकको अनुसन्धान सुरु: प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित सबै हाजिर जमानीमा छुटे

manoj-neuane-century

तातोखबर, काठमाडौँ / कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी बैंकरहरु हाजिर जमानीमा छुटेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रवक्ता एसपी होवीन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरुलाई हाजिर जमानीमा छोड्ने निर्णय भएको हो ।

Advertisement:manoj-neuane-century

राष्ट्र बैंकको विज्ञ टोलीले अनुसन्धान गरिरहेको कारण सिआइबीले तत्काललाई दैनिक हाजिर गर्नुपर्ने सर्तमा उनीहरुलाई छोडेको छ ।

पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सिइओ तुलसीराम गौतम, कर्मचारीहरू मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ रहेका थिए ।

उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानले देखाएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् ।

हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए । यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धानलाई जारी राखेको छ ।

यो पनि पढ्नुहोस् : प्रभु बैंकका सिईओले आफ्नै कर्मचारी थुनाएको आरोप

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application