विशेष अदालत परिसरमा अवैध धन्दा

तातोखबर संवाददाता, काठमाडौं / विशेष अदालत काठमाडौं परिसर भित्रै अवैध व्यवसाय संचालन भएको तथ्य तातोखबरले फेला परेको छ ।
अदालतको च.नं. ७२६१ मिति २०७२/०१/०३ मा तत्कालिन रजिस्ट्रार नातिबाबु लामिछानेद्वारा हस्ताक्षरित ३ (तीन) बुँदे शर्तसहितको अनुमतिपत्रका आधारमा दुर्गाप्रसाद सुवेदी अध्यक्ष रहेको सुपर गुडविल सर्भिस प्रा.लिले हालसम्म चमेना गृह सञ्चालन गरिरहेको, मिति २०७४/१२/१४ गते बुधबारका दिन शाखा अधिकृत प्रभाकर कुमार मल्लिकको संयोजकत्वमा चमेना गृह व्यवस्थापन तथा सुधार समितिले बनेको तर उक्त समितिले कुनै प्रतिवेदन दिएको अभिलेखबाट नदेखिएको र हाल चमेना गृह सञ्चालनका लागि अन्य कुनै सम्झौता नभएको जानकारी अदालतले दिएको छ ।
संस्थाको कुनै व्यक्तिले दिएको अनुमतिले मात्र व्यवसाय संचालन गर्न पाईँदैन त्यसका लागि सम्पूणर् प्रकृया पुरा गरेको हुनुपर्दछ । अदालत जस्तो गरिमामय ठाउँमा त्यसको पालना हुनुनै पर्दछ ।
कानुनको पालना गराउने ठाउँमा नै अवैध तरिकाले व्यवसाय गर्न दिएर कानुनको धज्जी उडाएको यसबाट प्रष्ट देख्न सकिन्छ ।
उक्त अदालत परिसरमा व्यवसाय संचालन गर्ने सुपर गुडविल सर्भिस प्रा.लि.का संचालकले पहुँचकै आधारमा उक्त ठाउँमा चमेना गृह संचालन गरेको बुझिएको छ ।
संचालक सुवेदीले काठमाण्डौंका विभिन्न सरकारी सँस्थामा चमेना गृह संचालन गरिरहेका छन् । सर्वोच्च अदालतमा पनि उनले व्यवसाय गरिरहेका छन् । त्यसैले उनले पहुँचकै आधारमा विशेष अदालतमा पनि व्यवसाय संचालन गरिरहेको प्रस्ट छ । विशेष अदालतको हालका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई यस विषयमा बोल्न अनुरोध गर्दा उनले फोन काटिदिएका छन् ।
कानुनको पालना गराउने अदालत जस्तो गरिमामय ठाउँमा सरकारी सम्पतीमा कुनै व्यक्तिलाई रजाईँ गर्न दिनु लज्जाको विषय हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस