आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने: डा. स्वर्णिम वाग्ले

तातोखबर, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन्।
बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरू सरकारमा सहभागी बनेको बताए। उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए।
उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए।
उनले भने, ‘राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ। चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ। हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएका होइनौँ। हाम्रो प्रवेश सशर्त छ, काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ, सरकारबाट डेलिभरी गर्न सकिन्छ कि भनेर आएका छौँ। सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ। गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस