मकवानपुर बहुमुखी क्यापसमा विद्यार्थीका लागि नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूलाई नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। देशभरकै प्रथम हुने गरी शिक्षा दिइरहेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूको लागि विशेष पहल गरेको छ।

पछिल्लो एक साता देखि क्यापसले कक्षा १२ का विद्यार्थीहरूलाई नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। साँझ ४ बजेदेखि ६ बजेसम्म विद्यार्थीहरूलाई अंग्रेजी, एकाउन्टिङ जस्ता गाह्रो विषयहरूको अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।

Advertisement:

यस नि:शुल्क अतिरिक्त कक्षाप्रति विद्यार्थीहरू खुसी देखिएका छन्। एक विद्यार्थीले भने, “बाहिरको इन्स्टिच्युटमा गएर पढ्ने सोचेको थिएँ, तर क्याम्पसमै यसरी अतिरिक्त कक्षा सञ्चालन गरिएकोले खुसी लागेको छ। आफ्नै शिक्षकहरूबाटै पढ्न पाउँदा राम्रो नतिजा आउने विश्वास छ।”

अंग्रेजी विषयको अतिरिक्त कक्षा पढाइरहेका प्राध्यापक सुमार्गी हुमागाईंले यो विद्यार्थीहरूका लागि अवसर भएको र सदुपयोग गर्न आग्रह गरेको बताए। उनले गरीब र मेहनती सबै विद्यार्थीलाई समेटेर परिक्षामुखी कक्षा सञ्चालन गरिएको जानकारी दिए। विद्यार्थीको भविष्य र सहजताका लागि कक्षा सञ्चालन गरिएको बताउदै ग्रामीण भेगका विधार्थीहरु आएर लाभ लिइरहेकोमा खुसी लागेको उनलेको भनाई थियो ।

क्यापसले कक्षा १२ को मात्र नभई ब्याचलरमा पनि निशुल्क अतिरिक्त कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application