हेटौंडाबाट गाँजासहित अन्सारी पक्राउ

हेटौंडा – इलाका प्रहरी कार्यालय मकवानपुर नेवारपानीले लागूऔषध गाँजा सहित मंगलवार एकजनालाई पक्राउ गरेको छ ।
८४ किलो १२० ग्राम गाँजासहित बारा जिल्ला जितपुर सिमरा उप महानगरपालिका वडा नं ७ का १९ बर्षिय साविर अन्सारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हेटौंडा–१९ नेवारपानी स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड किनारमा भारतिय नं. बीआर०१बीएफ६६८१ नम्बरको कार चालक अन्सारीलाई शंका लागी जाँच गर्दा कारको सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागूऔषध बरामद भएको हो ।
पक्राउ परेका अन्सारीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस