सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ८ जना पक्राउ

तातोखबर, काठमाडौँ / दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमै विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चोक बस्ने उमेश साह हुन् । उनि सहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे तय भएको थियो । साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक–एक थान सुनको अौठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका हुन् । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विवाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिएका छन् । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भए पनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा विवाद उत्पन्न भएको थियो ।
पक्राउ परेकाहरुलाई श्रीपुर वडा कार्यालयमा राखिएको छ। मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी बढेको छ। दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो। दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध मधेस प्रदेशमा निरन्तर हुँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस