एसईई परीक्षा चल्ने भएकाले राप्रपाको जनप्रदर्शनको मिति सारियो

rajendra-lingden

तातोखबर, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दबाब दिन घोषणा गरेको प्रदर्शनको मिति परिवर्तन गरेको छ।

चैत १६ गतेका लागि  तय भएको काठमाडौं केन्द्रित प्रदर्शन पार्टीको कार्यसम्पादन समितिको बैठकले २७ गतेका लागि सारेको हो।

Advertisement:rajendra-lingden

एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारेको पार्टीले जनाएको छ।

‘राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको निर्णय रहेकोमा मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ,’ राप्रपाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् :