प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने : मेटमणि चौधरी

metmani-chaudhari

तातोखबर, काठमाडौं / नयाँ सत्ता गठबन्धनको प्रमुख सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए। उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने बताए।

Advertisement:metmani-chaudhari

उनले भने, ‘भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ। हामीले भनेको केही कुरामा उनले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ। र प्रतिनिधि सभामा उनले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ। तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ। उहाँमै भर पर्छ। सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनुहुन्न।’

उनले सरकारले अघि बढ्ने कि ढल्ने भन्ने कुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application