देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गरिने: चन्द्र ढकाल

chandra-prasad-dhakal

तातोखबर, काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन्।

Advertisement:chandra-prasad-dhakal

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रूपैयाँ हुनेछ भने यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् अध्यक्ष ढकालले बताए।

उनले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application