ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने समूहलाई पक्राउ गर्न पूर्व सुरक्षाकर्मी परिषद्को आव्हान

तातोखबर, काठमाडौँ / सशस्त्र प्रहरी बल नेपालका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक तथा पूर्व सुरक्षाकर्मी परिषद्का सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठमाथि मिति २०८०।११।२७ गते वहाँ संलग्न पार्टीकै कार्यालय भित्र ज्यानै लिने हिसाबले समूहगत रुपमा कुट्पिट र दुर्व्यबहार भएको छ ।
आक्रमण गर्ने समूह तथा व्यक्तिहरुलाई तत्कालै पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन पूर्व सुरक्षाकर्मी परिषद्ले आव्हान गरेको छ ।
चैतबाट आन्दोलन गर्ने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवादले उग्र रुप लिँदै गएको समाचार सार्वजनिक भइरहेका बेला पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर राप्रपा नेता डा. ठाकुरमोहन श्रेष्ठमाथि निर्घात कुटपिट भएको थियो ।
डा. श्रेष्ठले बैठकमा उठाएको भ्रष्टाचारको विषयलाई लिएर उनीमाथि कुटपिट भएको बुझिएको छ ।
बौद्धिक नेताको छवी बनाएका पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठले पार्टी बैठकमा भ्रष्टाचारको विषय उठाउँदा कुटाई खानुपर्ने स्थितीलाई भने धेरैले अस्वभाविक रुपमा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस