कोकाकोला कम्पनीले गुणस्तरहीन उत्पादन देशैभरि बिक्री गरिरहेको तथ्य फेला

तातोखबर, काठमाडौं / कोकाकोला कम्पनीले म्याद सकिएका गुणस्तरहीन उत्पादन देशैभरि बिक्री वितरण गरिरहेको तथ्य फेला परेको छ । तपाईहरु कोकाकोला खाँदै हुनुहुन्छ भने होसियार हुनुपर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले गरेको अनुगमनको क्रममा राजधानीभित्रै गुणस्तहिन र म्याद गुज्रेका कोक, स्प्राईट, फयान्टाहरु बिक्री वितरण गरिरहेको अवस्थामा थुप्रै सामान बरामद गरेको छ । महानगरका सुरक्षा प्रमुख राजु पाण्डेले म्याद गुज्रेर खानै नहुने अवस्थामा कोकाकोला लगायतका पेय पदार्थहरु बरामद गरिएको बताएका छन् ।
पछिल्लो समय कोकको गुणस्तरमाथि निरन्तर गुनासा आइरहेको छ । अझ बजारमा म्याद गुज्रेर खानै नहुने अवस्थाका कोकको समेत बिक्री वितरण भइरहेको तथ्य फेला पारेको छ । सर्वसाधारणहरु यस बिषयमा सचेत हुनुपर्ने भएको छ ।
देशको राजधानीमै कोकको अवस्था यस्तो दयनीय छ भने राजधानी बाहिर अवस्था झनै भयावह रहेको हुनसक्छ।
डिलरले म्याद सकिएको समान फिर्ता नलैजाने गरेको गुनासो खुद्रा व्यापारिले गरेका छन् । धेरै पहिले देखिको स्टक बाँकि रहेकाले नयाँ समान झार्न समस्या भएको खुद्रा व्यापारिले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस