धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको प्रिमियमदरमा परिवर्तन: २७७ रुपैयाँको आवेदन पुग्यो ३७७

तातोखबर, काठमाडौँ / नेपाल धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टले आइपिओ निष्कासका लागि कागजात हेरफेर गरेको पाइएको छ । प्रिमियम मूल्यमा बोर्डमा आइपिओ निष्कासनका लागि कम्पनिले दिएको आवेदन मूल्य रातारात वृद्धि गरिएको छ ।
गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति मागेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको अनुमति मागेको थियो । जुन सूचना धितोपत्र बोर्डको वेबसाइटमा समेत अपडेट गरिएको थियो ।
तर पछि बोर्डको वेबसाइटमा प्रकाशित सूचनामा प्रिमियम दरमा थप गरिएको पाइएको छ । प्रिमियम थप १०० रुपैयाँले बढाइएको पाइएको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको हो । कम्पनीले नबिल इन्भेष्टमेन्टलाई शेयर निष्कासनको बिक्री प्रबन्धक तोकेको छ ।
कम्पनीको प्रिमियम दरमा नै फेरबदल भएपछि बोर्ड माथि नै ठुलो प्रश्नचिन्ह खडा भएको छ । रातारात आवेदन दिएको मूल्यमा १०० रुपैयाँ थप भए पश्चात चलखेल भएको हुन सक्ने आंशका गरिएको छ । कम्पनीको वित्तीय अवस्था समेत खराब रहेको खबर प्राप्त भएको छ । प्रिमियममा आइपीओ निष्कासन अनुमतिमा लागि आवेदन दिएदेखि नै चौर्तर्फी आलोचना कम्पनीलाई थप प्रिमियम थप्नु बोर्ड भित्र भएको चलखेल नतिजा हो ।
कम्पनीको वित्तीय अवस्था
कम्पनीको व्यापार पछिल्लो समय निरन्तर ओरालो लागेको छ । सन् २०२२ तुलनामा सन् २०२३ मा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँले व्यापार घटेको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । जुन सन् २०२२ को भन्दा १४.७४ % कम रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले २०२२ मा ४ अर्ब ९७ करोड रुपैयाँ व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको थियो । तर, पछिल्ला केहि वर्षयता कम्पनीको नाफा निरन्तर घटिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस