पुरुषको घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका

तातोखबर / भियतनाममा एक पुरुषको घाँटीभित् ६ सेन्टिमिटर लामोर जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउने समस्या देखिन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा पत्ता लग्यो । उनको घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो ।
शुरुमा ती पुरुष आफैंले मुखमा के भएछ भन्ने पत्ता लगाउने कोसिस गरे । घाँटीको माथिल्लो हिस्सामा खैरो वस्तु टाँसिएको देखेपछि आत्तिएर उनी तत्कालै अस्पतालमा गए । हानोईको नेशनल हस्पिटल अफ इन्डोक्रिनोलोजीमा पुगेर उनले घाँटीमा अप्ठ्यारो भएको अनि बेला बेलामा थुकमा रगत आइरहेको डाक्टरलाई बताए । इन्डोस्कोपी गर्दा घाँटीमा जुका टाँसिएको डाक्टरले देखे ।
एक महिना अघि मुसाको थाप्ने पासो चलाउने क्रममा ती पुरुषलाई चोट लागेको थियो । जडीबुटीको प्रयोगमा विश्वास गर्ने ती पुरुषले घरबाहिर गएर जडीबुटी टिपेर मुखमा हाले अनि चपाएर मसिनो बनाएर घाउमा लगाए । उनको हात त निको भयो । तर नपखालेको पात मुखमा हाल्दा मसिनो जुका मुखभित्र छिर्यो । यस्तो खालको घटना दुर्लभ सुन्ने गरिन्छ । सन् २०१९ मा भियतनाममै अर्का एक पुरुषको घाँटीमा पनि जुका टाँसिए घटना आएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस