ओस्कारमा ओपनहाइमर चलचित्रले सबै भन्दा धेरै विधामा अवार्ड जित्न सफल

तातोखबर / यो वर्षको ओस्कार अवार्डमा ओपनहाइमर चलचित्र सबै भन्दा धेरै विधामा अवार्ड जित्न सफल बनेको छ। अमेरिकाको लस एञ्जल्समा भएको सन् २०२४ को एकेडेमी अर्वाड्स अर्थात् ओस्कार अवार्डमा ओपनहाइमरले सर्वश्रेष्ठ फिल्मसहित सात विधामा उत्कृष्ट अवार्ड जितेको हो।
भौतिक शास्त्री वैज्ञानिक जे. रोबर्ट ओपनहाइमरको जीवनीमा आधारित हलिउड फिल्मले सर्वाधिक विधामा अवार्ड जित्न सफल भएको हो ।
ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, यसै फिल्मका निर्देशक क्रिस्टोफर नोलानले सर्वश्रेष्ठ निर्देशक, कीलियन मार्फीले सर्वश्रेष्ठ अभिनेता र रोबर्ट डाउनी जुनियरले सर्वश्रेष्ठ सह अभिनेताको उपाधि हात पारे। यस्तै होयते वान होयतेमाले सर्वश्रेष्ठ सिनेम्याटोग्राफी, जेनिफर लेमले सर्वश्रेष्ठ फिल्म सम्पादन तथा लुडविग गोरान्सनले सर्वश्रेष्ठ मौलिक संगीततर्फको उपाधि जिते।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस