सशस्त्रले निकाल्याे कुष्माण्ड पाेखरीमा डुबेका डुङ्गा

हेटौंडा -सशस्त्र प्रहरीले हेटौंडा-९ त्रिवेणीधाम स्थित कुष्माण्ड पोखरीमा डुबेको डुङ्गाहरु निकालेका छन् ।

फागुन २७ गते आइतबार १४ नम्बर गण हेडक्वाटर मकवानपुरबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक बिमल बानियाँको कमाण्डमा ११ जना बिपद् ब्यवस्थापन तालिम प्राप्त सशस्त्र कर्मचारीहरु द्वारा डुबेको डुङ्गाहरु पोखरीबाट बाहिर निकालिएको सशस्त्र प्रहरी निरीक्षक बिमल बानियाँले जानकारी दिए।

Advertisement:

कुष्माण्ड पोखरीमा पर्यटकहरुलाई पोखरी सयर गर्नको लागी प्रयोगमा रहेका ३ वटा डुङ्गाहरु तलबाट पानी लिक भई करिब १० फिट मुनि पोखरीमा डुबेको थियो।सशस्त्र प्रहरीहरुद्वारा डुङ्गाहरु पोखरीबाट बाहिर निकाली उक्त क्षेत्रमा सरसफाई समेत गरिएको बानियाँले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application