शालिन मृत्यु प्रकरण: प्रधानाध्यापकसहित ३ शिक्षक विरुद्ध म्याद थप

Shalin-pokharel-rape-case

तातोखबर, चितवन / चितवनको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि अदालतबाट थप ४ दिनको म्याद थप गरिएको छ ।

उनीहरु तीनै जना प्रहरी हिरासतमा रहेका छन् । चितवन प्रहरी उपरीक्षक एसपी भावेश रिमालले जनाए अनुसार जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आज तेस्रो पटक ४ दिनको म्याद थप गरिएको छ ।

Advertisement:Shalin-pokharel-rape-case

यसअघि पनि ४ दिन म्याद थपिएको थियो भने पहलिो पटक जिल्ला अदालत चितवनले अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

गत फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासमा १४ वर्षकी पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उक्त घटनामा परिवार तथा आफन्तले बलात्कार पछि हत्या आरोप लगाएर मृतक पोखरेलका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षक विरुद्ध किटानी जाहेरी दिएका थिए ।

तर, स्वास्थ्य परीक्षणमा पोखरेलको कन्या जाली नच्यातिएको डाक्टरले रिपोर्ट दिएको प्रहरीले जनाएको छ भने विधि विज्ञान प्रयोगशालाबाट सुसाइड नोट पनि पोखरेलकै भएको रिपोर्ट आएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application