मन्त्रिपरिषद् वरीयता क्रममा उपेन्द्र यादवभन्दा रवि लामिछाने अगाडि

२७ फागुन, तातोखबर / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पनि मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी बाटै नवलकिशोर साह सुडी मन्त्री बनेका हुन् ।
यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री बनेका हुन् । यादव मन्त्रिपरिषदको वरीयता क्रममा पाचौं नम्बरमा रहेका छन् । प्रधानमन्त्रीको वरीयतामा रहेका चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव रहेका छन् ।
उपप्रधानमन्त्रीहरुलाई वरीयता निर्धारण गर्दा संसदमा उक्त दलको हैसियतका आधारमा गरिएको छ । जसअनुसार ठूलो दल एमालेका उपप्रधानमन्त्री पहिलो वरीयतामा र त्यसपछि क्रमशः माओवादीका श्रेष्ठ, रास्वपाका लामिछाने र जसपाका यादव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस