क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बन्न सफल

तातोखबर, काठमाडौं / चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बन्न सफल भएकी छिन्।
सन् १९९६ पछि दोस्रो पटक भारतमा आयोजना भएको प्रतियोगिताकोमा क्रिस्टिनाले मिस वर्ल्डको उपाधि हात परेकी हुन्।
त्यस्तै लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन्। नेपालकी प्रियंकारानी जोशी भने उत्कृष्ट ४० मा पुगेकी थिइन्। त्यस्तै आयोजक भारतकी सिनी सेट्टी भने सातौं भएकी थिइन्।
यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोसले जितेकी थिइन् ।
यो प्रतियोगिता २०२४ मा आयोजना भएको भए पनि यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको थियो। तर यसको कार्यक्रम स्थगित भएको थियो। सेप्टेम्बरमा भारतमा आयोजना गर्ने घोषणा जुनमा भएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस