सहकारी अभियान्ता बारे लेखिएको पुस्तक विमोचन हुँदै

मकवानपुर- जिल्ला बचत तथा ऋण सहकारी संघले शुक्रबार मार्च ८ नारी दिवसको अवसरमा १०१ सहकारी अभियान्ता नामक पुस्तक विमोचन गर्ने भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै विश्व नारी दिवसको अवसर पारेर मकवानपुरमा लामो समयदेखी सहकारी अभियानमा लागेका सहकारीकर्मीहरुको संघर्षको कथा पुस्तकमा समेटिएको संघका अध्यक्ष कल्पना श्रेष्ठले बताईन् ।

कोही भन्दा कोही कम नभएको अवस्थाले पुस्तकको नाम १०१ राखिएको अध्यक्ष श्रेष्ठले बताईन् ।सहकारीकर्मी दिदीबहिनीहरुको भूमिकाको कथावस्तु समेट्दै पुस्तक प्रकाशन गरिएको बताइन् । एक हजार थान प्रकाशन गरिएको पुस्तकको मुल्य पाँच सय राखिएको छ । पाँच लाख खर्चमा प्रकाशन गरिएको पुस्तक प्रकाशनलाई प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय वीमा संस्थान लगायत संघसंस्थाहरुको सहयोग रहेको जनाइएको थियो ।

Advertisement:

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष मीना कुमारी चौरेल, सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, सहसचिव विजय बस्नेत, कोषाध्यक्ष विष्णुमाया लामा लगायत समितिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application