सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारि

तातोखबर, काठमाडौं / नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारि छ।
मंगलबार र बुधबार ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज पनि नयाँ उचाइमा पुगेको हो। आज सुनको प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ५०० रुपैयाँले बढेर १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। बुधबार तेजावी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
विश्व राजनीतिको उतावचढावले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो ।
यस्तै, बिहीबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५८ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस