गठबन्धन तोडिनु जनताप्रतिको अपमान: कांग्रेस

ramesh-lekhak-nepali-congress-sachetak

तातोखबर, काठमाडौँ / माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडिएपछि नेपाली कांग्रेसले जनताप्रति अपमान भएको धारणा राखेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट धारणा राख्दै प्रमुख सचेतक रमेश लेखकले आफूहरूप्रतिको बेइमानी मात्र नभई गठबन्धन तोडिनु जनताप्रतिको अपमान पनि भएको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डले गठबन्धनको मूल्य मान्यता भत्काएर, भएका सहमति तोडेर एकतर्फी रूपमा अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो। यो कांग्रेसप्रतिको मात्र होइन, यो संविधान र व्यवस्थामाथिको कुठाराघात हो नै, गएको निर्वाचनमा जनताका बीचमा गरिएको वचनबद्धता, प्रतिबद्धताविरुद्ध भयो त्यसकारण, यो जनताप्रतिको अपमान पनि हो।’

Advertisement:ramesh-lekhak-nepali-congress-sachetak

‘कपोलकल्पित कथा र सानातिना कारण देखाएर विश्वासघात भयो, यो राजनीतिक बेइमानी हो’, उनले भने, ‘म फेरि भन्छु यो व्यक्तिगत सम्बन्धमा आधारित भएर निर्माण भएको होइन। तर राजनीतिक रूपले इमान भएन। त्यसैले बेइमानी भनिएको हो।’उनले भने ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application