सामाजिक अभियान्ता न्यौपाने र गुरुङ सम्मानित

काठमाडौं, २३ फागुन / सामामाजिक अभियान्ता रामप्रसाद न्यौपाने र विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित भएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा न्यौपाने र गुरुङ सम्मानित भएका हुन् ।

फोकस नेपालद्वारा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सामाजिक अभियन्ता रामप्रसाद न्यौपाने र सर्वश्री आनी भिमसुवा गुरुङलाई सम्मान गरेका थिए ।

Advertisement:

राजनीतिक एवम् सामाजिक चेतका धनी न्यौपाने देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध भई समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रीय रुपमा भूमिका निर्वाह गर्दै समाजिक जनचेतनामूलक कार्यहरु, धर्म संस्कृति र रीतिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ति तथा प्रकोपहरुमा मानवीय सहायता गर्दै बिगत लामो समयदेखि सामुदायिक सेवा केन्द्रमा आवद्व रहेर समाजमा शान्ति सुरक्षा कायम गर्ने लगाएतको महत्त्वपूर्ण योगदान स्वरुप न्यौपानेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको बताईएको छ ।

त्यसैगरी अर्का सम्मानित सर्वश्री आनी भिमसुवा गुरुङ विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रीय ब्यक्तिका रुपमा चिनिन्छन् । गुरु रिम्पोछे ट्रस्ट र विश्व बौैद्ध धर्म संघकी अध्यक्ष लगायत बिभिन्न सामाजिक संघ–संस्थाहरुमा आवद्ध भई दिनदुखी, गरिब, अनाथ, अशक्त र अन्य कार्यमा सहयोग गर्ने, देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने तथा कोरोनाको समयमा समेत महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै सर्वश्री आनीलाई सम्मान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application