बागमती प्रदेशमा कांग्रेसका छ जना मन्त्रीद्वारा संयुक्त राजिनामा

हेटौंडा – बागमती प्रदेशमा नेपाली कांग्रेसका छ जना मन्त्रीहरुले आज संयुक्त रुपमा राजिनामा बुझाएका छन् । संघीय सरकारमा नयाँ गठवन्धनको सरकार निर्माण भएसंगै बागमती प्रदेशमा पनि कांग्रेस सरकारबाट बाहिरिएको हो । कांग्रेसका छ जना मन्त्रीहरुले आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजिनामा बुझाएका छन् ।
कांग्रेले सरकार छाडेसंगै एमाले सहितको नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । शालिकराम जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्रीपरिषदमा कांग्रेसबाट ६ जना मन्त्री थिए । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशीले सयुत्तरुपमा मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा र खानेपानी मन्त्री तिर्थ बहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए । वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस