रवि लामिछाने फेरी गृहमन्त्री बन्ने पक्का: श्रम र शिक्षा पनि रास्वपाको भागमा

तातोखबर, काठमाडौं / रास्वपाका सभापति रवि लामिछाने फेरी गृहमन्त्री बन्ने पक्का पक्की भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा लामिछानेलाई गृहमन्त्री बनाउने कुरा भएको एक माओवादी नेताले तातोखबरलाई बताए ।

नयाँ सत्ता गठबन्धन बनेपछि लामिछानेले आफ्नो पार्टीलाई  गृह मन्त्रालय चाहिने अडान राखेका थिए। गत वर्षको एमाले नेतृत्वको गठबन्धनबाट पनि लामिछाने छोटो समयको लागि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए।

Advertisement:

सर्वोच्च अदातलको संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहने ठहर गर्दै सांसद पद खारेज भएको थियो। उनको नागरिकता खारेजी सँगै लामिछानेको मन्त्री पद पनि स्वतः खारेज भएको थियो । उनले पुन: नागरिकता प्राप्त गरेपछि चितवनबाट उपनिर्वाचनमा  फेरी निर्वाचित भएका हुन्।

विना विभागीय मन्त्री रहेका डीपी अर्याललाई श्रम मन्त्री, युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ  र  सुमना श्रेष्ठलाई शिक्षामन्त्रीमा पठाउने तयारी भएको स्रोतले तातोखबर लाई जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमाले नेतृत्वको गठबन्धनसँग  फेरी सहकार्य गरेका छन्। नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सामेल छन्।

प्रतिक्रिया दिनुहोस् :