बागमतीका मन्त्रीहरुले राजीनामा दिने तयारी, लुम्बिनीमा माओवादीका मन्त्रीहरू बर्खास्त

तातोखबर, लुम्बिनी / लुम्बिनी प्रदेशबाट पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ। बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेको जानकारी दिएका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बर्खास्त गरेका छन् ।
यसअघि केन्द्रको गठबन्धन फेरिएसँगै गण्डकी र सुदूरपश्चिम प्रदेशबाट मंगलबार नै माओवादीका मन्त्रीहरू बर्खास्ती भइसकेका थिए । यी दुई प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ। बागमती प्रदेशबाट पनि कांग्रेसका मन्त्रीहरूले आजै सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु