विन्दवासिनी सहकारी ठगी प्रकरणमा तीनजना पक्राउ

तातोखबर, कास्की / विन्दवासिनी सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका छन् ।

Advertisement:

सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी उपर सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए।

रजिस्ट्रारको कार्यालयको पत्र जाहेरीको आधारमा मुद्दा दर्ता भई अनुसन्धान चलिरहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application