नयाँ सत्तासमीकरणको श्रृंखलासँगै राजनीतिक सन्तुलनमा झड्का

काठमाडौं, २१ फागुन / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्तासमीकरण निर्माणको तयारी गरिरहदा देशको राजनीतिक सन्तुलनमा झड्का लाग्न पुगेको छ । केहि दिनअघिसम्म गठबन्धनमा रहेको सत्तारुढ दलका नेताहरुले सरकार परिवर्तन नहुने सङ्केत गरेपनि पछिल्लो सत्ता परिवर्तनको चक्रअनुसार राजनीतिक सन्तुलन तरङ्गित बन्न पुगेको हो ।

नयाँ सरकार गठनका तयारीका लागि सत्तासमीकरणमा आउने दलका नेताहरुमध्यबाट मन्त्रीहरुको नाम छनौट गर्ने तयारी भईरहदा सत्तारुढ दल नेपाली कांग्रेसका मन्त्रीहरु राजीनामा नदिईने अडान गरिरहेको खबरहरु आईरहेका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय भागबण्डाको टुङ्गो लगाउन सरकारमा जान तयार रहेका दलका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेको बुझिएको छ ।

Advertisement:

नयाँ सत्तासमीकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीहरु सहभागी हुन लागेका छन् । आज बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको बताईएको छ ।

प्राप्त पछिल्लो जानकारीअनुसार मन्त्रालय भागबण्डामा सहमति जुटेपछि एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याले बिना बिभागीय मन्त्रीको शपथको तयारी गर्नका लागि ५ बजेभित्र व्यवस्था मिलाई सक्न पत्रचार गरिसकिएको पनि बालुवाटार श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application