परिवार दलका अध्यक्ष ढकाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौँ / नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको भेटमा समसामयिक बिषयमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले भेटमा राष्ट्रपतिको कार्यकालको सफलताको शुभकामना दिँदै नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रबर्धन गर्ने, संविधानको पालना र संरक्षण गर्ने दायित्व दिएकोले नेपालमा बिबिधताबिच सामन्जस्यपूर्ण एकता कायम गर्नको लागि अभिभावकीय भूमिका खेल्न अनुरोध गरे ।
अध्यक्ष ढकालले पछिल्लो समय नेपालको सदियौंदेखि कायम रहेको सामाजिक सदभावलाई खलल बनाउन अराजक तत्वहरु सक्रिय भएकोले बहुजातीय, बहुभाषीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई एकताबद्ध बनाउन एक “अन्तर–सास्कृतिक आयोग” गठन गर्न नेपाल सरकालाई ध्यानाकर्षण गरेको पनि राष्ट्रपतिलाई जानकारी गराए ।
राष्ट्रपति पौडेलले आफूले संविधानले दिएको जिम्मेवारी बहन गर्ने बताउँदै सबै राजनैतिक दल र जनता मिलेर राष्ट्रको विकास निर्माणमा लाग्नुपर्छ भन्दै नेपाल परिवार दललाई शुभकामना दिए ।
भेटमा परिवार दलका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस