फेसियल हाउसको दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न

काठमाडौं, २० फागुन / मानव सौन्दर्य सीप विकासका लागि सञ्चालनरत काठमाडौंको फेसियल हाउले आफ्ना प्रशिक्षार्थीहरुलाई प्रदान गरेको प्रशिक्षण पाठ्यक्रम पूरा भएसँगै दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । राजधानीमा एक समारोहको आयोजना गरी फेसियल हाउसद्वारा प्रशिक्षार्थीहरुलाई दीक्षान्त गरिएको हो ।

मानव सौंन्दय शिक्षा प्रदान गर्दै आईरहेको नेपालको प्रख्यात सौन्दर्य विकास संस्था फेसियल हाउसले यो वर्ष सञ्चालन गरेको दिक्षान्त समारोहबाट सौन्दर्य कलासम्बन्धी सीपमूलक तालिम लिएका विद्यार्थीहरूलाई दिक्षित गर्न समारोह आयोजना गरेको बताईएको छ । उक्त सौन्दर्य प्रशिक्षण केन्द्रबा सीप हासिल गरेका ४६ जना दिक्षित भएका छन् ।

Advertisement:

फेसियल हाउसबाट यो वर्ष १ सय ८० जनाले यस्तो तालिम लिएका थिए । तर, तालिम लिएकामध्ये अधिकांश दिक्षान्त समारोहअघि नै रोजगारीको खोजी गर्दै विभिन्न देश गइसकेकाले समारोहमा ४६ जनालाई मात्र दिक्षित गर्न सकिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटिसियन सूष्मा महराले जानकारी दिइन् ।

हरेक वर्ष अढाई सयभन्दा बढी प्रशिक्षार्थीहरुलाई यस्तो तालिम प्रदान गर्दै आएकोमा यो वर्ष उक्त संख्यामा कमी आएको देखिएको छ । ‘हामीले हरेक वर्ष २ सय ४० देखि २ सय ५० जनासम्मलाई यस्तो तालिम दिएर पासआउट गर्ने गरेका थियौँ । तर, यो वर्ष विविध परिस्थितिका कारणले हुनसक्छ त्यो संख्या केही घटेको छ,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘पहिला सीप सिकेर नेपालमै आ–आफ्नो गृहनगरमा गएर स्वरोजगार बन्ने वा रोजगारीको अवसर सृजना गरिदै आएकोमा नेपाली जनशक्ति रोजगार वा वैदेशिक शिक्षा आर्जनका लागि विदेश जाने क्रम बढेकोले सौन्दर्य कलामा सीप सिक्ने सहभागीहरु घट्का छन् ।’

सीप सिकेकामध्ये धेरै कमले मात्र स्वदेशमै काम गरिरहेको र अधिकांश विदेसिएको उनको भनाइ छ । अहिले दिक्षित भएका विद्यार्थीहरू पनि ढिलोचाँडो विदेशकै तयारी गरिरहेको महराले जानकारी दिइन् । फेसियल हाउसद्वारा आयोजित दिक्षान्त समारोहमा दुईवटा केक काटिएको थियो । सीप प्राप्त गरेका विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै ‘बेष्ट विसेस फर दि फ्युचर’को नाममा एउटा केक काटिएको थियो भने संस्थाकी सञ्चालिका सूष्मा महराविरुद्ध अध्यागमन विभागकी कर्मचारी बन्दना कर्णले हालेको मुद्दा जितेको खुसीयालीमा ‘सत्यको जित’भन्दै अर्को केक गरी दुई वटा केक काटिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सूष्मा महराले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस् :