मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधि सशस्त्रलाई

तातोखबर, संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्रको एपिएफ क्लबले हात पारेको छ।
आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै सशस्त्रको एपिएफ क्लबले उपाधि हात पारेको हो। एपिएफले १४–२५, २५–२३, २५–२१ र २५–२१ अंकले गण्डकी प्रदेशलाई जितेको हो।
राष्ट्रिय पुरुष भलिबलको उपाधि विजेता विभागीय टिम एपिएफले नगद तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छभने उपविजेता गण्डकी प्रदेशले नगद एक लाख ५० हजार रुपैयाँ प्रमाणपत्र र ट्रफी हात पारेको छ।
त्यस्तैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। पुलिसले आर्मीलाई ३–१ को सेटले पराजित गरेको थियो।
तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ। सो क्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार नयाँ रणनीति बनाएर अघि बढ्ने बताए।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेशका टिमले सहभागिता जनाएका थिए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको आयोजनमा यही १५ गतेदेखि खेल सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस