चर्च ब्वाइज र अष्ट्रेलियाको नेपाली रोयल वेस्टर्नर्स क्लबबीच सम्झौता

तातोखबर, ललितपुर / शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन एपी पावर चर्च ब्वाइज युनाइटेड एफसी र अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नर्स क्लबबीच सम्झौता भएको छ।
दुई क्लबबीच छोटो अवधिका लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदानप्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
सम्झौता पत्रमा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र रोयल वेस्टर्नर्स क्लबका अध्यक्ष रोशन दाहालले हस्ताक्षर गरेका थिए।
सम्झौता पत्र आदानप्रदान सँगै दुबै क्लबको जर्सी साटासाट पनि गरिएको थियो।
चर्च ब्वाइजका अध्यक्ष राईले फुटबल खेलाडीको विदेश पलायन रोक्नुपर्ने र विदेशमा गएर खेल्ने वातावरण बनाउन यो सम्झौता गरेको बताए ।
‘फुटबल खेल्न जाने हो कि श्रम गर्न जाने हो,’ उनले भने‚ ‘यो विषय अहिले पेचिलो बनेको छ। हामीले वेस्टर्नर्स क्लबसँग सम्झौता गरेर त्यहाँ फुटबल खेल्न खेलाडी पठाउँछौँ र त्यहाँका खेलाडी यहाँ लिग खेल्नसमेत ल्याउँछौँ।’
‘नेपाली मूलका अष्ट्रेलियनहरुको प्रतिभा नेपालको झण्डामुनि देखाउने हाम्रो प्रयास हो,’ वेस्टर्नर्स क्लबका अध्यक्ष रोशन दाहालले बताए ।
नेपालमा खेल हुँदा वेस्टर्नर्स क्लबले खेलाडीको प्लेन टिकटको मूल्य बेहोर्ने र बाँकी खाने बस्ने चर्च ब्वाइजले गर्ने तथा अष्ट्रेलिया जाँदा प्लेन टिकट चर्च ब्वाइजले बेहोर्ने र खाने बस्ने वेस्टर्नर्सले बेहोर्ने सहमति भएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु