टिभिएसले चाँडै नै नयाँ सुविधा ल्याउने

तातोखबर, काठमाडौँ / विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरकोे क्षेत्रमा प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्र.लि.ले आफ्ना ग्राहकको लागि चाँडै नै नयाँ सुविधा थप्ने भएको छ ।

टिभिएसको पार्टसमा ग्राहकले कसरी थाहापाउने त्यो सस्तो सामान हालेर पठाएको हो कि ? कम्पनिको आधिकारिक नै हो ? टिभिएसका शौखिनलाई यो प्रश्न पक्कै पनि दिमाखमा आउँछ होला । टिभिएसको सर्भिस सेन्टरमा बाहेक अन्त सर्भिस गराउँदा आधिकारिक हो भनेर हालेको पार्टस कतै सस्तोवाला पो पर्ने हो कि?

Advertisement:

अब कम्पनिले त्यसको समाधानका लागि छुट्टै सिस्टमा काम भैरहेको कम्पनिका स्पेयर पार्टस प्रमुख द्रोर्ण संग्रौलाले तातोखबरलाई जानकारी दिए । “अहिले सिस्टम निर्माणको काम भैरहेको ५ देखि ६ महिना सम्ममा सिस्टम तयार भैसक्ने र उक्त सिस्टममा पार्टसको नंबर हालेपछि त्यसको सम्पूर्ण जानकारी ग्राहकले सजिलै प्राप्त गर्न सक्नेछन् ” संग्रौलाले बताए ।

डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रण टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न आफ्नो बेन्चमार्क सेट गरेको छ ।
यसका नवीन र रोमाञ्चक उत्पादनहरू धेरै ग्राहकले रुचाएका छन् । हरेक वर्गका मानिसहरु टिभिएसका ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस् :