NTC App - Ad

पुष्पा–२ : एउटै फाइट सिनमा ५० करोड भारु खर्च

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा–२ बुहप्रतिक्षित फिल्म मध्येमा पर्दछ । यति बेला अल्लु अर्जुनका अधिकांश फ्यान पुष्पाः द रुल कहिले आउँला भनेर उत्सुकताका साथ कुरिरहेका छन् । फिल्मको हरेक अपडेट नियालिरहेका छन् ।

निर्माण पक्षले फिल्मको एउटा फाइट सिनको सुटिङमा ठुलो धनराशि खर्च गरेका छन् । यो दृश्य करिब ३० मिनेट लामो भएको र यसको सुटिङका लागि ३५ दिन खर्च गरिएको बताइएको छ । यसमा निर्माताहरुले सानो तिनो फिल्म नै बन्ने पैसा खर्च गरेका छन् । खबरका अनुसार यो दृश्य छायाङ्कन गर्न ५० करोड भारु खर्च गरिएको छ ।

Advertisement:

सुकुमारको लेखन र निर्देशनमा सन् २०२१ मा ‘पुष्पाः द राइज’ रिलिज भएको थियो । खासै धेरै प्रमोसन नगरिएको यो फिल्म ब्लकबस्टर साबित भयो । २०० करोड भारु लागतमा बनेको फिल्मको पहिलो भागले ३७० करोडभन्दा बढीको व्यापार गरेको थियो । फिल्म सुपरहिट भयो । संवाद, कथा र नृत्यले समेत निकै प्रशंसा पायो । निर्माताहरूले फिल्मको दोस्रो भाग बनाइरहेका छन् । यो फिल्मको बजेट ५०० करोड भारु आसपास छ ।

‘पुष्पा २’को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । फिल्म यही अगस्ट १५ मा रिलिज हुँदै छ । गएको वर्ष अल्लु अर्जुनले फिल्ममा आफ्नो फर्स्ट लुक पोस्टर सेयर गरेका थिए । यसमा उनले सारी लगाएका थिए र उनको अनुहार निलो र रातो रंगमा रंगिएको थियो । पछि फिल्ममा फहद फासिलको लुक पोस्टर पनि रिलिज भयो । फ्यानहरू अहिले रश्मिका मन्डन्नाको लुक पोस्टरको प्रतीक्षामा छन् । एजेन्सी ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra