नक्कली कर बिजक जारी गर्दा सजाय पाएर फरार रहेका २ प्रतिवादी पक्राउ
काठमाडौँ / राजस्व चुहावट मुद्दामा फरार रहेका प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका ५ का न्यू समीक्षा सप्लायर्सकी सञ्चालक २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगञ्ज महानगरपालिका ८ का सोही सप्लायर्सका बैंक खाता सञ्चालक ४१ वर्षीय प्रदीपकुमार गुप्ता पक्राउ परेका छन्।
उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार जरिवाना सजाय ठहर गरेको थियो । फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो।
उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसको मिलोमतोमा मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरूद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो।
उनीहरूलाई फैसला कार्यावन्यनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

