मन नै रोगी भयो भने संसार नै अस्वस्थ हुने दावी

बेलायतं, २९ फ्रेबुअरी / बेलायतका एक मनोरोग विशेषज्ञले मानिसको मन नै रोगी भयो भने संसार अस्वस्थ हुने दावी गरेका छन् । आफूबाट सेवाप्राप्त हजारौं सेवाग्राहीहरुले दिदै आएको प्रतिकृयाका आधारमा मनोचिकित्सक बेलायतमा रहेका जुआन कार्लोस् गौवेयाले यस्तो दावी गरेका हुन् ।
सम्मोहन चिकित्सक एवं मनोचिकित्सक गौवेयाले तातोखबर डडकमसँग कुरा गर्दैै प्रकृतिको तत्वका प्रभावले बिग्रिएको मनोज्ञानलाई सुधार गर्ने मुख्य उपचार पद्दति पनि प्रकृतिको तत्व हुन सक्ने बताए । प्राकृतिक चिकित्सक जुआन कार्लोस् गोभियाले ठूला महामारीको बेलामा होस् वा झिना–मसिना समस्याले पनि मानिसका मनोविज्ञानमा गम्भिर असर पर्ने गरेको पाईएको पनि जनाएका छन् ।
मानिसहरुको अपेक्षा र अभिलासाअनुसार साधन र श्रोत प्राप्त हुन नसक्दा, आफ्नो सन्तुलित अवस्था, आफूसँग भएको वस्तु वा सम्बन्ध बिग्रिएको अवस्था होस् वा आफ्नो मनोभावना अरुले नबुझिदिदा पनि मानसिक अवस्थामा बिचलन आउने गरेकोले यसको समाधान समेत मानिसहरुको स्वभाव र आनिबानीबाट पत्ता लगाउन सफल मनोचिकित्सक गौवेयाले जादुमय ढङ्गबाट उनीहरुको मन छुने अभ्यास हासिल गरेको उदाहरण प्रस्तुत गरेका छन् । आफ्ना प्राकृतिक चिकित्सा सिविर तथा कार्यशालाहरुमा सहभागीहरुले ब्यक्त गर्ने अभिव्यक्तिहरुलाई आफूले गम्भिर रुपमा लिने गरेको पनि उनी बताउँछन् ।
आफ्नो स्वास्थ्यस्थिति बिग्रिएपछि उपचारमा जानुभन्दा स्वास्थ्य अवस्थालाई सन्तुलनमा राख्नका लागि पनि स्वास्थ्य सिविरहरुबाट प्रदान गरिने सेवाअनुसार परामर्शसहित लाभ लिनु पर्नेमा लक्षित समुदायलाई उनले सुझाब दिदै आएका छन् । आफूले सञ्चालन गर्दै आएको समाधान केन्द्रित थेरापी सेवाका सेवाग्राहीहरुले पछ्उयाउनु पर्ने प्रकृयाका विषयमा जानकारी दिदै उनले भनेका छन् ‘हामीले कुनै सेवाग्रही हाम्रो सम्पर्क आएभने उनीहरुको जिज्ञाषालाई आधा घण्टा सुन्ने गर्छौं, त्यसपछि सम्पर्कमा आएर कुरा राख्ने सेवाग्राहीको समयअनुकुल थेरापी सत्र हुन्छ जुन दुई घण्टासम्म जारी रहन्छ । यो सेवा हामीले पछिल्लो समयमा विश्वका जुनसुकै स्थानमा रहेका सेवाग्राहीहरुलाई अनलाईनमार्फत उपलब्ध गराउदै आएका छौं ।’
त्यसैगरी प्राकृतिक चितित्सक जुआन कार्लोस् गौवेया यस विपयमा थप जानकारी दिदै भन्छन् ‘सेवाग्राहीको आफ्नै व्यक्तिगत रेकर्डिङ उनीहरुकै थेरापी सत्रबाट सुदृढरुपमा सिकाइन्छ र उनिहरुको इच्छा र परिस्थिअुरुप अभ्यास गर्ने ढाँचा तयार गरिन्छ । यसको समयावधि २१ दिनसम्मको हुन्छ र थेरापी सत्र २१ दिनको सिकाईक्रम सकिएपछि पनि सेवाग्राहीको प्रगतिको विकासमा थप सल्लाह वा मार्गदर्शन प्रदान गर्न नियमित प्रशिक्षण सुविधाहरु जारी रहन्छ ।’
२२ वर्ष बरिष्ठ निदान वैज्ञानिकको रूपमा काम गरेका समाधानकेन्द्रित थेरापिस्ट जुआन कार्लोस गौवेयाले अधिकांश समय NHS सँग र यहि काममा उपचार र पूर्वनिर्धारित स्वास्थ्य समाधानहरूका बारेमा परामर्शदाताका रुपमा पनि काम गरेका छन् भने आफू हुर्किएको देश पोर्चुगलमा शुरु गरेको मानसिक स्वास्थ्य कल्याणका क्रियाकपालहरु ३० वर्षदेखि इङ्गल्याण्डमा सञ्चालन गर्दै छन् ।
इङ्ल्याण्डमा स्वास्थ्य सेवा प्रदायकको मानसिक स्वास्थ्य दूतको परिचय बनाउन सफल जुआन कार्लोस् गौवेयाले (काउन्सेलर र थेरापिस्टहरूको अन्तर्राष्ट्रिय संघ) IACT बोर्ड प्रमाणित सम्मोहन चिकित्सकको रूपमा मान्यता प्राप्त गरेको छन् । यसविषयमा उनले थेरापी कार्यको लागि उच्च स्तरको IACT बोर्ड प्रमाणीकरण प्राप्त गर्न आधारभूत आवश्यकताहरू भन्दाबढि अध्ययन गरेर वैज्ञानिकता हासिल गरेका छन् । आफूलाई रोयल सोसाइटी अफ आर्ट्सको फेलो हुन पाउँनुमा गर्व गर्ने जुआन कार्लोस गौवेयाले आफ्नो ध्यान कल्याणको महत्त्वलाई बढावा दिन र फेलोशिपको प्रेरणादायक विश्वव्यापी सञ्जालसँगको सहकार्यमा मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्नमा केन्द्रित भएको ठानेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस