अवैध लागुऔषध सहित पक्राउ

मकवानपुर – अवैध लागूऔषधसहित दुई प्रहरीले जनालाई पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ५ किलो १०० ग्राम लागूऔषध गाँजासहित मंगलबार दिउँसो भीमफेदी गउँपालिका वडा नम्वर २ भैंसे चेकपोष्ट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर १ बस्ने ५२ वर्षीय चन्द्रबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीको अनुसार घलानलाई ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसे मकवानपुरबाट संयुक्त चेकिङमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको ना. ४ ख ६०९१ नम्वरको यात्रुवाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका घलानमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
त्यस्तै प्रहरीले बुधबार नै हेटौंडा – १५ रातोमाटे चेकपोष्टस्थित सडकबाट लागूऔषध गाँजा १२ किलोसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका वडा नम्वर ६ घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका–६ बस्ने ३५ वर्षीया शिरपती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीको अनुसार,बिहान ८ बजेको समयमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ६०७६ नम्वरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार चौधरीको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस