रिटर्नी सेन्टर नेपाल मकवानपुर संयोजकमा गौतम

मकवानपुर – रिटर्नी सेन्टर नेपाल मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विजय गौतमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरेको छ ।नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक शर्केश घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

भेलालाई सम्बोधन गर्दै संयोजक धलानले विदेशबाट फर्किएका युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुभयो विदेशबाट फर्किएका थोरैे पूँजी भएका युवालाई आयमूलक क्षेत्रमा समावेश गराउन, युवा पलायन रोक्नका लागि संगठन निर्माण गरिएको संयोजक गौतमले बताए । कार्यक्रममा रिटर्नी नेपाल बागमती प्रदेश इन्चार्ज हेमन्त पौडेल, प्रदेश संयोजक दिपेन्द्र कार्की, माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिव भीम पाख्रिन लगायतको उपस्थिती थियो । रिटर्नी सेन्टरको बागमती प्रदेश भेला फागुन १९ गते पेसिसडाँडामा हुँदैछ । ‘रिटर्नी सेन्टर नेपाल’ वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु समेटिएको माओवादी केन्द्रको भातृ संगठन हो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application