२३ वर्षीय हिरालाल पशुझैँ थुनिएर बाँचिरहेका छन्
मन्जिता मैनाली
हेटौंडा– उनी बोल्न सक्दैनन् न उनको मानसिक सन्तुलन नै ठीक छ । मनहरी गाउँपालिका–१ का २३ वर्षीय हिरालाल श्रेष्ठ पशुझैं खोरमा थुनिएर बाँचेको लामो समय भयो ।
उनको मानसिक अवस्था ठीक नभएको र अन्य उपचार गर्दासमेत ठीक नभएपछि परिवारले घर नजिकै ब्लकले बनाएको सानो खोरमा थुनेर राखेका छन् । जन्मजात नै हात खुट्टा चलाउन नसक्ने हिरालालको उपचारपछि हातखुट्टा चल्ने त भयो तर, मानसिक अस्वस्थता भने ठीक हुन सकेन । मानसिक रुपमा अस्वस्थ भएका कारण उनले ज्यानमा कुनै कपडा लाउन नमान्ने र गाउँमा उच्छृङ्खल काम गर्दै हिँड्दा समस्या भएकाले बन्द कोठामा थुनेर राख्न बाध्य भएको हिरालालका बुबा भीमबहादुरले बताए ।
उनी ठाउँ ठाउँमा राखिएको सानो प्वालबाट बाहिर आवतजावत गर्ने मानिसलाइ टुलुटुलु हेर्दै बस्छन् । मानसिक रुपमा अपाङ्गता भएकै कारण बत्तिसमेत नभएको त्यो सानो कोठामा हिरालाल कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
परैबाट एक्दमै दुर्घन्ध आउने सानो कोठामा उनलाई एउटा सानो गुन्द्री ओछ्याइएको छ । उनी दिशापिसाब त्यहिँ गर्छन् । खानेकुरा पकाएर परिवारले दिने गर्छन् । बेलाबेला उनले गरेको दिशा पिसाब परिवारले सफा गरिदिने गरेका छन् । उनलाई केही समय अघि मानवसेवा आश्रम लगिएको थियो । त्यहाँ पनि उनलाई एक महिना राखेर फेरि फिर्ता ल्याइदिएको हिराको बुवा बताउँछन् । ‘पहिला हिँड्डुल पनि गर्न नसक्ने थियो उपचार गरेर हिँड्डुल गर्न सक्ने बनाएँ तर मानसिक रोगको उपचार हुन सकेन । शरीरमा कपडा नलगाई निवस्त्र हिँँड्दा समाजलाई नै समस्या भएपछि एक वर्ष देखि यो सानो कोठामा थुनेर राखिदिएको छु । कोहि उपचार गर्दिन्छु ठिक बनाइदिन्छु भनेर आएछन् भने दिन्छु नत्र बाँचुन्जेल यसै गरि बाँच्छ ।’ हिरालालका बुबा भीमबहादुरले भने ।
मकरीका वडाअध्यक्ष शिव प्रसाद खनालका अनुसार वडाले अपाङ्गता भत्ताको कार्ड बनाइदिएको छ र उनले महिनाको ४ हजार पाइरहेका छन् । हिरालाल थिङका लागि वडाले सकेको सहयोग गरिरहेको बताउँदै अब आउने दिनमा पनि उपचारको लागि आफूले सकेको सहयोग गर्न तयार रहेको वडाध्यक्षले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

