तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ

तातोखबर, काठमाडौ / तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ परेका छन् । सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
उनीसँगै प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पनि पक्राउ परेका छन् । तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत छन् । उनीहरुसँगै अन्य केही बाहलवाला बैंकका कर्मचारी पनि पक्राउ परेका छन् जो सेञ्चुरीबाट आएका थिए ।
देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई ऋण प्रवाह गर्दा अनियमितता गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस